बिहीबार, १३ वैशाख २०८१

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकले ल्यायो निःशुल्क रेमिट पठाउने व्यवस्था

समयपोष्ट २०७५ असोज १ गते २:५६

“चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँगै” भन्ने नारा सहित एनआईसी एशिया बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको अवसरमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरिएको छ ।

Advertisement

रेमिट रकम ग्राहकहरुले बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६ हजार ५ सय भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेगरी सो व्यवस्था गरेको हो ।

यो सुविधा आगामी आश्विन, कात्तिक एवं मङ्सिर महिनासम्म लागि रहने बैंकले जनाएको छ । ‘योे समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने छ, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेद्धारा जारी बिज्ञप्तीमा भनिएको छ– ‘यस बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म बैंकले एन आई सी रेमिट मार्फत रकम पठाउने समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।’

एनआईसी एशिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । बैंकको वासलातको आकार रू.१९२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६२ अर्ब तथा कर्जा रू. १३४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख भन्दा बढि रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री