मंगलबार, ११ वैशाख २०८१

माछापुछ्रे महोत्सव : आश्विन महिनाभरी सरप्राइज गिफ्ट सहित यी सेवामा छुटनै छुट

समयपोष्ट २०७५ असोज १ गते ११:४७

माछापुछ्रे बैंक लिमिटेडले आश्विन महिनाभरी आफ्ना ग्राहकहरुलाई विभिन्न सेवामा बिशेष छुट तथा उपहारहरु प्रदान गर्ने भएको छ । बैंकले बैंकिङ्ग कारोबार शुरु गरेकोे १९
वर्ष प्रवेशको अवसरमा निःशुल्क डेबिट कार्ड,इन्स्टयान्ट कार्ड, निःशुल्क डिम्याट खाता, वार्षिक लकर शुल्क र माछापुछ्रे मोबाइल मनी जारी शुल्कमा ५०% छुट, माछापुछ्रे क्रेडिट कार्डमा ५०% छुट, र रिटेल कर्जा सेवा शुल्कमा ०.१८% छुट लगायत बिभिन्न सरप्राइज गिफ्टहरु प्रदान गर्ने भएको हो ।

Advertisement

बैंकका अनुसार बैंकका सम्पूर्ण शाखाहरुमा आश्विन महिना भरी उक्त महोत्सव जारी रहने छ । बैंकले सर्वसाधारणहरुलाई बैंकको नजिकको शाखामा गई महोत्सवमा सहभागी हुन तथा विशेष सुविधाहरुको लाभ लिन आव्हान गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकिङ्ग कारोवार शुरु गरेको बैकले हाल ८६ वटा शाखा कार्यालय, २ वटा एक्स्टेन्सन काउण्टर, २८ वटा शाखा रहित सेवा लगायत ९९ वटा ए.टि.एमबाट देशभरीका ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री