शुक्रबार, १४ वैशाख २०८१

मेगा बैंकको शाखारहित बैंकिङ सेवा उदयपुरको देउरीमा पनि

समयपोष्ट २०७५ असोज १ गते १२:००

मेगा बैंक नेपाल लिमिटेडले उदयपुरको त्रियुगा नगरपालिकाको देउरीमा शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्दवकुमार थापा र मेगा बैंक रौतामाई शाखाका प्रबन्धक रैसुल आजमले एक कार्यक्रमका बीच देउरीमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरे ।

Advertisement

त्रियुगा नगरपालिकामा रेमिट्यान्सबाट भित्रिएको लाखौँ रकम उपभोग र विलासितामा खर्च भइरहेको भन्दै वडाध्यक्ष थापाले बैंकको शाखारहित बैंकिङ्ग सेवामार्फत घरदैलोमा बचत गर्न देउरीबासीलाई सजिलो भएको बताए । उनले आगामी दिनमा शाखारहितमा मात्र सीमित नभई बैँकको शाखा नै विस्तार गर्न समेत आग्रह गरे ।

स्थानीय स्वयंसेवी रामहरि पोख्रेलले बैंकहरु विश्वासमा चल्ने संस्था भएकोले सबैलाई विश्वासमा लिएर मेगा बैंकले छिटो छरितो रुपमा सेवा दिनुपर्ने बताए ।

शाखा प्रबन्धक आजमले ग्रामीण क्षेत्रको आर्थिक अवस्था उकास्न बैंकले गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयांसम्मको सरल कर्जा प्रदान गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री