शनिबार, ८ वैशाख २०८१

ओइपिल अन्र्तगतका दुई च्यानल दोस्रो बर्ष प्रवेश

समयपोष्ट २०७५ असोज २ गते ६:२९

ओरिजिनल इन्टरटेनमेन्ट प्रा.लि.(ओइपिल) अन्र्तगत संचालनमा रहेका दुईवटा च्यानलहरुले पहिलो बार्षिकत्सव मनाएका छन् । ओइपिल अन्र्तगतका रमाइलो टिभी एचडी र एक्सन स्पोर्टस् एचडीले सोमबार बार्षिक उत्सव मनाएका हुन् ।

Advertisement

रमाइलो टिभी बिशुद्ध मनोरञ्जन क्षेत्रलाई प्रसारण गर्ने हेतुले संचालनमा आएको हो भने खेलकुद क्षेत्रलाई मात्र समेट्नेगरी खेल च्यानलका रुपमा एक्सन स्पोर्टस् टिभी सञ्चालनमा आएको हो ।

बार्षिकत्सवको अवसरमा डिस मिडिया नेटवर्क लिमिटेडका प्रवन्ध निर्देशक सुदीप आचार्यले शुभकामना दिदैं छोटो समयमा सफलता हाँसिल गरेकोमा दुवै च्यानलार्ई बधाई दिनुका साथै आगामी दिनमा अझ परिस्कृत रुपमा अगाडि बढ्नेमा आशावादी रहेको बताए ।

त्यसैगरी ओइपिएलका अध्यक्ष दयाराम पाण्डेयले भविष्यमा खेल क्षेत्रको र मनोरञ्जनात्मक क्षेत्रको अग्रणी च्यानलका रुपमा यी दुवै च्यानलाई स्थापित गर्ने उल्लेख गरे ।
कार्यक्रममा ओइपिएलका सबै कर्मचारी र डिसमिडिया नेटवर्कका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री