बिहीबार, १३ वैशाख २०८१

राती कपडा नलगाई सुत्दा यौनजीवन सुखद, यस्ता छन् अन्य फाइदा

समयपोष्ट २०७५ असोज ४ गते ८:०५

राती बिना कपडा सुत्दा शरिरमा विभिन्न प्रकारको सकारात्मक परिवर्तन आउने एक अनुसन्धानले पुष्टि गरेको छ । नेशनल इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ एन्ड ह्यूमन डिभलपमेन्ट मेरिल्याण्ड र स्ट्यानफोर्ड युनिभर्सिटीको तर्फबाट गराइएको एक अनुसन्धानमा राती कपडा बिना सुत्दा तौल कम हुँने, यौन जीवन राम्रो हुँने र निन्द्रा मज्जाले लाग्ने जनाइएको छ ।

Advertisement

यो अनुसन्धान अनुसार यदि तपाईंको निन्द्रा गर्मीका कारण बाधित हुन्छ भने तपाईंको शरिरले सामान्यभन्दा धेरै कार्टिसोल उत्पन्न गर्छ जसले भोक बढाउँछ । परिणामस्वरुप तपाईंको तौल बढ्ने गर्छ । त्यसकारण जब तपाईं बिना कपडा सुत्नुहुन्छ भने तपाईंको शरिर चिसो भइरहन्छ जसले फ्याट बर्न गर्छ र तौल घटाउने सम्भावना बढ्ने गर्छ । साथै नग्न भएर सुत्दा तपाईंको उमेर लामो हुन्छ ।

अध्ययन अनुसार जो पुरुष राती बक्सर, शर्टस् लगाएर सुत्छन् उनीहरुको आफ्नो शुक्रकिट उत्पादनमा क्षती पुग्न सक्छ र उनीहरुद्वारा बच्चा जन्माउने सम्भावना बाधित हुनसक्छ । उक्त अनुसन्धान अनुसार नग्न सुत्दा मानिसहरुको यौनजीवन उत्कृष्ट बनाउन मद्दत गर्छ ।

जब अनुसन्धानकर्तार्ल शोधमा समावेशहरुलाई आफ्नो पार्टनरसँग कपडा लगाएर र बिना कपडा सुत्ने अनुभवबारे प्रश्न सोधे । जस अनुसार ५७ प्रतिशत नग्न सुत्ने मानिसहरुले यसलाई यौनजीवन सुखद बनाउने तरिका बताए । पार्टनरसँग छालाको स्पर्श हुँदा शरिरमा अक्सिटाक्सिन नामको हर्मोन रिलिज हुन्छ जसलाई फिल गुड हर्मोन भनिन्छ र यसले तपाईंलाई राम्रो महसुस गराउँछ । यसबाहेक पार्टनरसँग घनिष्ठ जुडाव पनि महसुस हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री