बिहीबार, १३ वैशाख २०८१

नबिल बैंकको बैदेशिक यात्रा स्वास्थ्य बीमा,दुर्घटना र हराएका लगेजको क्षतिपुर्ति पाइने

समयपोष्ट २०७५ असोज ५ गते ६:१९

नबिल बैंकले बैदेशिक भैमणमा जाने ग्राहकहरुको बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना जारी गर्ने भएको छ । बैंकले आफ्नो काउन्टरहरुबाट भिजा इन्टरनेशनल प्रिपेड कार्ड, बैंक ड्राफ्टी र विदेशी मुद्रा सटहीका लागि आउने ग्राहकहरुलाई बैदेशिक यात्रा (ट्राभल) बीमा योजना सेवा पनि उपलब्ध गराउने भएको हो । यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसँग साझेदारी गरेको छ ।

Advertisement

यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसँग साझेदारी गरेको छ । नबिल बैंकबाट सेवा लिन आउने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट बैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

अनपेक्षित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जाँच गरी हराएका ब्यागेज र राहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण यसले गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री