बिहीबार, १३ वैशाख २०८१

यी कम्पनी जसले पारे पाँचवटा पुलको निर्माण कार्य अलपत्र

समयपोष्ट २०७५ असोज ७ गते १४:५८

खडानन्द अधिकारी
ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भएपनि अझैसम्म पुलको निर्माण अधूरो रहेको छ ।

Advertisement

सडक डिभिजन कार्यलय सुर्खेतले हेर्ने चार र जुम्ला सडक डिभिजन कार्यलयले हेर्ने एउटा गरी पाँचवटा पुलको निर्माण अलपत्र बनेको छ । निर्माण अलपत्र पर्नेमा रसुवाइलाईट सूर्यजेभी निर्माण कम्पनीले जिम्मा लिएको राजमार्गको दैलेको जाग्सि खोला व्रिजपुल,जयवुद्ध नेपाल मेगा जेभी निर्माण सेवाले जिम्मा लिएको दैलेखको, बोटखोला व्रिजपुल, रोशनश्याम एण्ड शङ्कर जेभी निर्माण सेवाले जिम्मा लिएका दैलेखमै पर्नेे कुमाले खोलाको व्रिजपुल रहेको छ ।

त्यस्तै गोल्डेन गुण जेभीले निर्माणको जिम्मा लिएको दैलेखको आठबिसे नगरपालिकास्थित घटेखोलाको व्रिजपुलको र कालीकोटको तिलागुफा नगरपालिकास्थित खल्ल्लागाड खोलको पुलको म्याद थप गर्दासमेत अझै निर्माण अलपत्र अवस्थामा रहेकोे सुर्खेत सडक डिभिजन कार्यालयले जनाएको छ ।

यस्तै सुर्खेतदेखि दैलेखको दैखोलासम्म १२ वटा पुलको निर्माणको जिम्मा लिएको रसुवा निर्माण सेवाले सम्झौता सकिन लाग्दा पनि पुल निर्माणको अवस्था ढिलासुस्ती रहेको छ । सुर्खेत सडक डिभिजन कार्यालयका इञ्जिनीयर देवेन्द्र भट्टराईले ठेकेदारले समयमै ठूलो लागतका पुल निर्माण नगर्दा यात्रुले समस्या भोग्न बाध्य भएको बताउनुभयो ।

सरोकारवाला निकायको उदासिनता, ढिलासुस्ती र ठेकेदारको लापर्वाहीका कारण कर्णाली राजमार्गअन्तर्गत पर्ने अति आवश्यकीय पाँचवटा व्रिज पुलको निर्माण कार्य अलपत्र परेकोे पनि भट्टराईले बताउनुभयो । कालीकोटको तिला गुफामा पर्ने टाकुल्ला खोलाको पुल भने वर्षाै समय खर्चिदासमेत पुल नबन्दा कालो सूचीमा परिसकेको बताउँदै बाँकी पाँच ठाउँका पुल निर्माणको ठेक्का पाएको चार वर्ष भन्दा बढी भइसक्यो,’ उहाँको भनाइ छ ।

राजमार्गको दैलेखको जाक्सी खोलामा रु १८ लाखको लागतमा निर्माण हुने ५० मिटर लम्बाई व्रिज पुलको पिलर मात्र ठड्याएको छ । सम्झौता मिति सकिएको तीन वर्ष बितिसक्दा पुलको पिलर मात्र ठड्याएको छ । यस्तै अन्य चारवटा पुलको अवस्था पनि उस्तै रहेको पाइएको छ ।

हिउँदको समयमा एक दुईजना कामदार मजदुरी गरिरहेका देखिन्छन् । बा“की समय निर्माणस्थलमा न कामदार देखिन्छन् न त ठेकेदार नै आउने गरेको स्थानीयवासी बताउँछन् । एक दुई दिन लगातार वर्षा हुने बित्तिकै खोलामा पानीको सतह बढ्छ । सडक अवरुद्ध यात्रुले सास्ती खेप्न बाध्य हुन्छन् ।

दैलेखको जाग्सी खोलाको पुल निर्माण अवधि २०७० मा सम्भौता भई गत वैशाख मसान्तमै सकिनुपर्ने भएपनि अहिलेसम्म पिलर मात्र खडा गरिएका छन् । २०७३ सालमा पिलर खडामात्र गरिएको पुल भत्किएपछि म्याद थप गरिएको थियो, तर वर्षमा एक महिना काम गरेको जस्तो गर्ने र बाँकी समय कामै नहुने गरेको स्थानीयवासीको गुनासो छ ।

ठेक्काको सम्झौता हुँदा निर्माण कम्पनीलाई दिएको म्याद सकाएर दुई÷दुई पटक थपिएको भएपनि अझै थप समय पनि त्यसै गुजारिएको छ । छिट्टै पुल बन्छ, भनेर सुनेको तीन वर्ष भएपनि पुल नबन्दा यहाँका स्थानीयवासीलाई खोला तर्न निकै समस्या भएको छ । कालीकोटका गाडी चालक विष्णु शाहीले भने प्रत्येक वर्षामा सधैंँ ज्यान धरापमा राखेर खोला तर्न बाध्य हुनु परेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री