बिहीबार, १५ चैत २०८०

प्रतिस्पर्धा बिजनेसका लागि हो : युनियन लाइफ इन्स्योरेन्सका सीईओ मनोजकुमार लाल कर्णको अन्तर्वार्ता

समयपोष्ट २०७५ असोज ९ गते १३:०१

युनियन लाइफको अवस्था कस्तो छ ?

Advertisement

यस कम्पनीको कारोबार गत असोज २२ गतेबाट सुरु भएको हो । कारोबार सुरु भएको यो अवधीमा करिब ८६ करोड ५० लाख रूपैयाँ प्रिमियम आएको छ । हाम्रो टिम राम्रो छ । त्यस कारण व्यवसाय राम्रो भइरहेको छ । हामीले शाखा विस्तार गर्दै छौँ र राम्रा–राम्रा प्रडक्टहरू ल्याएका छौँ । हाम्रो वित्तीय विवरण अति नै राम्रो छ ।

कस्ता किसिमका प्रडक्टहरू छन् ?

हामीले सबै कम्पनीमा भएका इनडोरमेन्ट प्रडक्ट, इनडोरमेन्ट कम होल लाइफ र सीमित भुक्तानी ल्याएका छौँ । सीमित भुक्तानी होल लाइफ ल्याएका छौँ, जुन पूर्णरूपले नयाँ हो । अर्को, हामीले मनी व्याकहोल लाइफ ल्यायौँ । अहिले त्यो अन्य कम्पनीहरूले पनि ल्याइसकेका छन् । त्यो पनि नयाँ नै हो । त्यस्तै, एउटा दुईवटा कम्पनीमा इयर्ली मनी ब्याक भन्ने प्रडक्ट छ, त्यो हामीले पनि ल्याएका छौँ । त्यो राम्रो बिक्री भइरहेको छ । अर्को ट्रम इन्योरेन्स छ, जुन हामी ग्रुपमा गर्छौं, त्यो अति विश्वस्त छ । बजारभन्दा फरक–फरक किसिमका प्रडक्टहरू हामीले ल्याएका छौँ । यसले अलिकति व्यापार पनि वृद्धि गरेको छ ।

बीमा कम्पनीहरू थपिएर दोब्बर भएका छन् । बजारमा कत्तिको प्रतिस्पर्धा छ ?

बजारमा प्रतिस्पर्धा बिजनेसको लागि हुने हो । त्यो सबैले आफ्नो हिसाबले गर्छन् । जीवन बीमातर्फ एउटै मानिसले तीन–चारवटा पोलिसी लिएको हुन्छ । पैसा हुने र सक्षम हुनेहरूले जुन–जुन बीमा कम्पनीको अभिकर्ता पुगेका हुन्छन्, उनीहरूसँग बीमा गर्छन् । बजारमा विभिन्न कम्पनीहरू पुग्छन् । प्रायः सबैले राम्रो व्यवसाय गरेका छन् । कुनै मुख्य प्रतिस्पर्धा भन्ने छैन । प्रतिस्पर्धा म राम्रो गर्छु भन्नेमा मात्र हो । अहिले निर्जीवन बीमा कम्पनीहरू एकै ठाउँमा २० वटा पुगेका छन् । तर त्यस्तो जीवन बीमातर्फ छैन । जीवन बीमातर्फ अभिकर्ताहरू पनि नयाँ–नयाँ बनाइन्छ । बीमा पनि उनीहरूले नयाँ–नयाँ गर्छन् । अहिले बीमाको ११ प्रतिशत बजार मात्र पेनिटे«सन छ । बाँकी पूरै खाली छ । त्यही हिसाबले अभिकर्ताहरू जान्छन्, बीमा गर्छन् । कुनै त्यस्तो प्रतिस्पर्धा छैन ।

नयाँ बीमा कम्पनीहरू आएसँगै बीमा कम्पनीहरू गाउँ–गाउँमा जालान् । बीमाको पहुँच जताततै पुग्ला भन्ने थियो । तर नयाँ बीमा कम्पनीहरू पुरानै प्रडक्ट ल्याएर त्यसैमा घुमिरहेको देखियो नि ?

पुरानाले जे प्रडक्ट ल्याएका थिए, त्यही हामीले ल्याएका छैनौँ । प्रायःजसो कम्पनीले नयाँ–नयाँ प्रडक्टहरू ल्याइरहेका छन् । अहिले हामीले मनी व्याकहोल लाइफ ल्यायौँ, त्यो कुनै पुरानो कम्पनीमा थिएन । हामीले सीमित भुक्तानीमा होल लाइफ ल्याएका छौँ । बर्सेनि मनी व्याक एक–दुईवटा बीमा कम्पनीमा छ, सबैमा छैन । त्यस कारण पुरानोले जे ल्याए, त्यो हामीले र अन्य नयाँ कम्पनीले पनि ल्याएका छैनन् । तर केही खास प्रडक्ट कमन हुन्छ र संसारभर हुन्छ । तपाईं संसारभर जानुहोस्, इनडोरमेन्ट चलेको छ । त्यस कारण हामीले अलिकति परिवर्तन गरेका छौँ ।

अर्को कुरा, हामी गाउँ र सहर दुवैमा विस्तार भएका छौं । नयाँ कम्पनीहरू सबै गाउँमा पुगेका छन् । सहरमा पनि नयाँ बीमा कम्पनीहरू आवश्यक छ । काठमाडौँ उपत्यकामा यति धेरै जनसङ्ख्या छ तर यहाँका कति जनाले बीमा गरेका छन् त ? पूरै नेपालमा ११ प्रतिशत छ भने उपत्यकामा बढी भए १५ प्रतिशत होला । बाँकी ८५ प्रतिशत यहाँ पनि खाली छ । त्यस कारण यहाँ स्वाभाविक रूपमा अफिसहरू खुल्छन् र बीमा पनि हुन्छ । नेपालका पूर्वदेखि पश्चिमसम्मका सबै रिमोट एरियाहरूमा बीमा कम्पनीहरू पुगेका छन् । त्यस कारण बीमा कम्पनीहरू सहिरमुखी मात्र छैनन् । हरेक बीमा कम्पनीले हरेक ठाउँमा बीमा अभिकर्ताहरू उत्पादन गरिरहेका छन् । बीमा अभिकर्ताको सङ्ख्या मात्र चार लाख पुगिसकेको छ । उनीहरूले बीमा गरिरहेका छन् ।

अभिकर्ताहरूको दक्षता वृद्धिका लागि के गर्नुभएको छ ?

अभिकर्ताहरू जबसम्म व्यवसायिक हुँदैनन्, उनीहरूले व्यवसायिकरूपमा काम गर्दैनन् । प्रायःजसो अभिकर्ताहरू अन्त जागिर पनि खाने र पार्टटाइमको रूपमा अभिकर्ताको काम गर्ने हुन्छन् । अहिले त्यो परिवर्तन हुने क्रममा छ । धेरैले आफ्नो जागिर नै छोडिसकेका पनि छन् । त्यस कारण यसलाई हामीले व्यवसायिक बनाउनुपर्छ । अहिले बीमा कम्पनीहरूले रिफ्रेसमेन्ट तालिम दिएर बजारमा पठाइरहेको छ । हामीले पनि हरेक शनिवार हेड अफिसमा तालिम दिने गरेका छौँ । हामीले सबैभन्दा पहिले एक पटक लाइसेन्स दिने बेलामा तालिम दिन्छौँ । त्यसपछि फेरि रिपे्रmसमेन्ट तालिम दिन्छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री