शुक्रबार, ७ वैशाख २०८१

विसिजी खोप लगाएपछि दुई शिशुको मृत्यु !

समयपोष्ट २०७५ असोज १५ गते १५:५८

खोटाङस्थित केपीलासगढी गाउँपालिका–१ फेदीमा एकै दिन दुई नवजात शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल खोटाङबाट स्वास्थ्यकर्मीको टोली पठाइएको छ ।

Advertisement

साविकको फेदी–१ का १७ दिनको छोरा र साविकका फेदी–३ की २८ दिनको छोरीको असोज १२ गते शुक्रबार मृत्यु भएपछि सोमबार जिल्ला अस्पताल खोटाङबाट डा नवीन देवकोटा, विश्वनाथ यादव लगायतको टोली फेदीतर्फ पठाइएको हो ।

घटनाको अनुसन्धानका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जिल्ला अस्पताल खोटाङले जनाएको छ । एउटै खोप केन्द्रका शिशुको मृत्युका कारण खुल्न नसकेको स्वास्थ्यचौकी फेदीका एचए सञ्जीव राईले बताउनुभयो । दुई शिशुलाई असोज १० गते विसिजी खोप लगाइएको थियो । उनीहरुको मृत्यु स्वास्थ्यकर्मीको लापरवाहीका कारण भएको आफन्तले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री