शुक्रबार, ७ वैशाख २०८१

स्ट्रेच माक्र्स हटाउने घरेलु उपाय

समयपोष्ट २०७५ असोज १६ गते ७:५६

बच्चा जन्माइसकेपछि महिलाहरुको पेटको वरीपरी सेता धर्सा बस्ने गर्छ । जसलाई स्ट्रेच माक्र्स भनिन्छ । यस्तो धर्सा अत्याधिक मोटो भएर पछि तौल घट्दा छाला खुम्चिएर बस्ने गर्छ ।

Advertisement

गर्भावस्थामा जब हाम्रो शरीरको मोटाई बढ्छ, छाला तन्किन्छ । यस्तो अवस्थामा छालाको बाहिरी सतह तन्किन्छ । छालामा दुई सतह हुन्छ, भित्री र बाहिरी । भित्री छाला चाहि धेरै समय तन्किन सक्दैन र त्यसको टिस्यु टुट्छ जो स्ट्रेच माक्र्सको कारण बन्छ ।

यस्तो छ हटाउने घरेलु तरिका

कागतीको रस

कागतीको रसमा ब्लीचिंग गुण पाइन्छ, जसको प्रयोग सौन्दर्यका लागि गरिन्छ । गर्भकालमा आएको स्ट्रेच माक्र्स कागतिको रसले हटाउन सकिन्छ । यसका लागि ताजा कागती चाहिन्छ । उक्त कागतिको रस स्ट्रेच माक्र्समा लगाएर १० मिनेट छाड्ने । त्यसपछि हल्का तातो पानीले सफा गर्नुपर्छ । केही समय नियमित यो विधी अपनाउनु पर्छ ।

बनस्पती तेल

बनस्पती तेल जस्तो कि, नरिवल तेल, जैतुनको तेल आदिले छालामा मोश्चराइज गर्नुपर्छ, स्ट्रेच माक्र्स क्रमस हट्दै जान्छ । जैतुनको तेललाई तातो बनाउने र राम्ररी मसा जगर्ने । अर्को दिन बिहान तातो पानीले नुहाउने । यसमा नरिवलको तेल पनि प्रयोग गर्न सकिन्छ । तेल छालामा राम्ररी लगाउने र त्यसमा प्लाष्टिक शीटले छोप्न सकिन्छ ।

अण्डाको सेतो भाग

अन्डामा प्रोटिनको मात्रा धेरै हुन्छ । यसको उपयोग छालामा आउने स्ट्रेच माक्र्स हटाउनमा पनि गर्न सकिन्छ । यदि अन्डालाई दही र महमा मिसाएर स्ट्रेच माक्र्स भएको भागमा लगाउने हो भने क्रमस त्यो धर्सा हट्दै जान्छ ।

मोस्चराइजर

मोस्चराइजरको नियमित उपयोगले स्ट्रेच माक्र्स कम हुन्छ । भिटामिनयुक्त मोस्चराइजर छाती, पेट, नितम्ब आदिमा गर्नुपर्छ । यसका लागि घिउकुमारीको जेल तथा जैतुनको तेल पनि उपयोग गर्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री