मंगलबार, ४ वैशाख २०८१

बानेश्वरको संगम स्विटमा शिलबन्दी, मिठाइमा भेटियो ‘हाइड्रो वान’ केमिकल

समयपोष्ट २०७५ असोज १६ गते १०:१९

काठमाडौँको बानेश्वरस्थित संगम स्वीटमा शिलबन्दी गरिएको छ । कपडामा प्रयोग गरिने ‘हाइड्रो वान’ भन्ने केमिकल भेटिएपछि उक्त पसलमा सिलबन्दी गरिएको हो ।

Advertisement

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उपभोक्ताकर्मी सहितको अनुगमन टोली पसलमा अनुगमन पुगेको थियो ।

टोलीले अनुगमनको क्रममा ‘वान्ली युज फर टेक्सटाइल’ भनेर लेखिएको केमिकल फेला पारेको थियो । जसको प्रयोग बढि हुँदा स्वास्थ्यलाई प्रतिकुल असर गर्छ । उक्त केमिकल दूध र रसबरीलार्इ सेतो बनाउन प्रयोग गरिएको अनुगमन टोलीको अनुमान छ । टोलीले मिलनचोकमा रहेको कारखानालार्इ समेत शिलबन्दी गरेको छ ।

अनुगमनको क्रममा टोलीले पसलको भान्सा फोहोर र मिठार्इ बनाउन प्रयोग गरिएको तेल धेरै पटक प्रयोग भइसकेको जनाएको छ । अनुगमनमा रहेका प्राविधिकका अनुसार उक्त पसलमा तेलमा हुने पोलारिटी २५ हुनुपर्नेमा ३८.५ प्रतिशत रहेको भेटियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री