शुक्रबार, १४ वैशाख २०८१

‘सरकार सामूदायिक विद्यालयहरुमा निःशुल्क शिक्षाको पक्षमा देखिएन’

समयपोष्ट २०७५ असोज १६ गते ११:१०

नेपाल शिक्षक महासंघ राष्ट्रिय महासमितिले फेरि आन्दालेन गर्ने चेतावनी दिएको छ । विज्ञापन गरी बारम्बार स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्न ऐनमा व्यवस्था भए बमोजिमको आन्तरिक परीक्षाको मिति तोकी अबिलम्ब परीक्षा लिन माग गर्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर महासंघले सङ्घीय तथा प्रादेशिक शिक्षा ऐन नबनेसम्म अन्य ऐन तथा कानुन बनाउने र जारी गर्ने कार्य अविलम्व रोक्न स्थानीय तहलाई कडा निर्देशन दिन केन्द्रीय सरकारलाई आग्रह गरेको छ ।

Advertisement

महासंघका अध्यक्ष बाबुराम थापाले देशको विकासमा शिक्षकहरुको भूमिका अहम रहेको सुनाउँदै भने,’स्थिर सरकार बनेपछि शिक्षा नीतिमा पनि स्थिरता आउनुपर्ने हो । तर, सरकार गठन भएको ७ महिना प्लस भैसक्दापनि अहिलेसम्म शिक्षा नीतिमा कुनै ठोस उपलब्धी हाँसिल गर्न सकेन् । सरकार अहिलेसम्म सामूदायिक विद्यालयहरुमा निःशुल्क शिक्षाको पक्षमा देखिएन ।’

अध्यक्ष थापाले सरकारले अहिलेसम्म आफूहरुसँग गरेका सम्झौताहरु कार्यान्वयन नगरेको पनि गुनासो पोखे । उनले भने, ‘सामूदायिक विद्यालयको शिक्षाको अवस्था अहिले अत्यन्तै खराब रहेको छ । मुलुकमा यतिवेला ५७ हजार शिक्षकहरुको दरबन्दी खाली रहेको छ । यसप्रति सरकारको गम्भीर ध्यान जाओस् । संविधानको धारा ७४ लाई ध्यानमा राखेर हाम्रो मागलाई सम्बोधन गरोस् । र, हामीलाई तेस्रो चरणको आन्दोलनमा जान नपरोस ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री