शनिबार, ८ वैशाख २०८१

सिटी सेण्टरमा ʽदशैं तथा तिहार उत्सव’ सम्पूर्ण सामानहरुमा ५० प्रतिशतसम्म छुट

समयपोष्ट २०७५ असोज १७ गते ७:५०

नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालनमा ल्याएको काठमाडौंको कमल पोखरीस्थित सिटी सेण्टरमा ʽसिटी सेण्टर सेलेब्रेशन:दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ ।

Advertisement

सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट मलहरूमध्येमा पर्ने सिटी सेण्टर दशैंतिहार तथा छठको अवसर पारेर उक्त मेलाको आयोजना गरेको हो । दुई महिनासम्म सञ्चालन हुने उक्त मेलामा घरायसी सम्पूर्ण सामानहरुमा ५० प्रतिशतसम्म छुट दिने घोषणा गरिएको सेण्टरले जनाएको छ । २ महिनासम्म साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गर्ने र उक्त कार्यक्रममा सहभागी ग्राहकहरूले विभिन्न उपहार समेत जित्न सक्ने सेण्टरले जनाएको छ ।

मेला अवधिभर उक्त मलमा प्रवेश गर्ने ग्राहकहरुले ʽइण्टर द मल एण्ड वीनʼ योजनामा सहभागी हुन पाउने छन् । साथै सहभागी भएकामध्येबाट लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरिने र ती विजेतालाई आकर्षक ग्राण्ड प्राइज दिइने सेण्टरले जनाएको छ ।

मेलामा युवापुस्ताका लोकप्रिय गायक स्वप्नसुमनको दमदार प्रस्तुति प्रत्यक्ष हेर्न पाइने, हरेक दिन विभिन्न ब्याण्डको प्रस्तुति रहने, हास्य कलाकारहरूले ʽस्ट्याण्ड अप कमेडीʼ समेत प्रस्तुत गरिने छ । प्रत्येक फ्लोरमा फोटो बुथ पनि राखिने सेण्टरले जनाएको छ ।

मेला अवधिभरमलमा सामान किन्ने ग्राहकहरू ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी हुन पाउने र विजेताहरूले १ घण्टाको पार्किङ फ्रि तथा ड्रिङ्सहरू जित्न सक्ने सेण्टरले जनाएको छ ।

मलले बालबालिकाहरूलाई निːशुल्क खेल्ने ठाउँको पनि व्यवस्था गरेको छ । बच्चा लिएर आउने दम्पतीले आफ्ना बच्चाहरुलाई खेल्ने ठाउँमा छोडेर किनमेलको मज्जा लिन सक्नेछन् । सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्ने सेण्टरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री