बुधबार, १२ वैशाख २०८१

भौतिकशास्त्र विधामा ५५ वर्षपछि पहिलोपटक महिलालाई नोबेल पुरस्कार

समयपोष्ट २०७५ असोज १७ गते १२:२५

विगत ५५ वर्षमा पहिलोपटक एक महिलालाई भौतिकशास्त्र विधामा नोबेल पुरस्कार प्रदान गरिएको छ । अझ दयनीय कुरा क्यानडाकी डोन्ना स्ट्रीकल्याण्ड नोवेल पुरस्कारको ११७ वर्षे इतिहासमा भौतिकशास्त्रमा पुरस्कार पाउने तेस्री महिला बनिन् ।

Advertisement

डोन्नाबाहेक दुई महिलाले मात्र भौतिकशास्त्र विधाको नोबेल पुरस्कार पाएका छन् । बाँकी दुई विजेताहरुमध्ये एक प्रख्यात वैज्ञानिक म्याडम क्युरी हुन् । उनले सन् १९०३ मा यो पुरस्कार पाएकी थिइन् । त्यस्तै सन् १९६३ मा मरिया गोईपर्ट–मेयरले यो पुरस्कार पाएर भौतिकशास्त्र विधामा पुरस्कार पाउने दोस्री महिला भएकी थिइन् ।

मंगलबारनै १०ः १४ जि.एम.टी.मा डोन्ना स्ट्रिकल्याण्डको नाममा पहिलो सामाग्री विक्किपेडियामा हालियो । युनिभरसिटी अफ वाटरलू की वैज्ञानिक डोन्नालाई त्यसको केही मिनेटअघि मात्र भौतिकशास्त्र विधामा नोवेल पुरस्कार दिइएको थियो ।

स्ट्रिकल्याण्डसँग संयुक्त रुपमा आधा रकम पाएका उनका सहकर्मी गेरार्ड मोउरोको सन् २००५ देखि विकिपेडिया पेज सक्रिय देखिन्छ । तर स्ट्रिकल्याण्डको नाममा भने मंगलबारसम्म कुनै कुरा उल्लेख थिएन । उनलाई सन् १९८५ मा प्रकाशित भएको उनको पहिलो वैज्ञानिक आलेखको लागि यो सम्मान गरिएको हो ।

लेजर प्रकाशको छोटो ‘वस्र्ट’मा शक्ति बढाउने नविन तरिका पत्ता लगाएकोमा स्ट्रिकल्याण्ड र गेरार्डलाई १० लाख अमेरिकी डलरको आधा प्रदान गरिएको हो । पुरस्कारको बाँकी आधा भाग भने अमेरिकी वैज्ञानिक अर्थर अश्किनलाई प्रदान गरिएको छ ।

स्ट्रिकल्याण्ड र गेरार्डको खोज विज्ञानमा महत्वपूर्ण योगदान थियो । यसले लेजर प्रविधिलाई शैशव अवस्थाबाट आजको असंख्य प्रयोगको अवस्थामा ल्याइपुर्याउनु महत्वपूर्ण योगदान पुर्याएको छ । आजको दिनमा लेजर काट्न, खोप्न, निर्माणमा, सूचना संग्रह गर्न, शल्यक्रियामा र अन्य धेरै कामहरुमा प्रयोग हुन्छ । उदाहरणको लागि यो प्रविधि आँखाको शल्यक्रियामा प्रयोग गरिन्छ ।

विकिपेडियामा डोन्नाको पेजले किन महत्व राख्छ ?
‘एक जनाको विकिपेडिया पेज हुनु नहुनुले के फरक पार्ला भन्नुहोला । संसारभरिनै वैज्ञानिकभन्दा मान्छेको दिमागमा ‘आइन्स्टाइन छबि’ आउँछ । त्यो भनेको ल्यावमा वा चकबोर्ड अघि उभिएको अस्तव्यस्त कपाल भएको पुरुषको चित्र,’ विज्ञान स्तम्भकार जुलिया बेल्लुजले भनिन् ।

यसबारेमा थप बोल्दै बेल्लुजले भनिन्, ‘विज्ञान महिलाहरुको लागि होइन भन्ने आम बुझाई संसारभरिको समाजमा परेको छ । यसैले डोन्नाको वा अन्य महिला वैज्ञानिकहरुको विकिपेडिया पेज हुनुको महत्व छ ।’

विकिपेडियाका यावत खोटहरुको वावजुद यो समकालीन मानव इतिहास भन्ने, खोजिने र सेयर हुने प्रमुख स्थान हो । एक महिला नोवेल पुरस्कार विजेताको विकिपेडिया पेज हुनुले विज्ञानमा भविष्य बनाउन चाहने आजका साना नानीहरुलाई प्रोत्साहित हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री