शुक्रबार, १६ चैत २०८०

प्रभु लाइफ इन्स्योरेन्सका पाँच नयाँ शाखाहरु एकैसाथ संचालन

समयपोष्ट २०७५ असोज १९ गते ५:१७

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरु एकैसाथ संचालनमा ल्याएको छ ।

Advertisement

इन्स्योरेन्सले महेन्द्रनगर, बेलौरी, लम्की, फिदिम तथा ईलाममा शाखा कार्यालयहरुको एकैसाथ उद्घाटन गरी कारोबार सुरु गरेको हो ।

प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामिण तहसम्म पुर्याउने लक्ष्य लिएको छ ।

दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री