बिहीबार, १५ चैत २०८०

ओठमा कोठी हुँने महिलाको कहिले नगर्नुहोस् विश्वास,हेर्नुहोस् शरीरको कुन अंगको कोठीले के अर्थ राख्छ ?

समयपोष्ट २०७५ असोज १९ गते ७:२२

कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई दर्साउँछ ।
हातको कोठी हुनु निकै शुभ मानिन्छ । ज्योतिष अनुसार जो मानिसको हत्केलामा विशेषगरी कोठी मुट्ठीभित्र कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् । यस्ता मानिस निकै धनवान हुन्छन् । विवाहपछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ ।

Advertisement

यस्तै नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो र सच्चा हुन्छ । यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । यसैगरी चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ । यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ । जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन् ।

त्यस्तै पिठ्युँमा कोठी हुँने हरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन् । पिठ्युँमा कोठी हुनेहरुलाई सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन् ।

गालाको दायाँ भागमा हुने कोठीलाई शुभ मानिन्छ । यसले तपाइँलाई खराव नजरबाट बचाउने विश्वास गरिन्छ ।

निधारको बायाँ भागमा हुने कोठीले जीवनमा कष्ट र तनावको संकेत गर्छ । तर दायाँ भागमा कोठी भएमा सुख र खुशी दिने विश्वास गरिन्छ । दुई आँखी भौंको बीचमा कोठी भएमा यो शुभ मानिन्छ । यसले दाम्पत्य जीवन सुखद् हुने संकेत गर्छ ।

ओंठमा हुने कोठी कामुकताको प्रतिक मानिन्छ । यसले जीवन विलाशी हुने संकेत पनि गर्छ । यस्ता महिला कामुक हुने मानिन्छ । यस्ता महिलाले अरुलाई फसाउने समेत बताइन्छ ।

चिउँडोमा कोठी हुने ब्यक्तिलाई पैसाको कहिले कमि हुँदैन ।

महिलाको नाइटोमा कोठी हुनु शुभ मानिन्छ । यसले महिला समृद्ध र धनवान हुने संकेत गर्छ । तर पेटमा हुने कोठीमा भने अशुभ मानिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री