शनिबार, ८ वैशाख २०८१

जापानले नेपाललाई ३० करोड ८० लाख अनुदान दिने

समयपोष्ट २०७५ असोज १९ गते ७:३६

जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

Advertisement

शुक्रबार अर्थ मन्त्रालयमा एक कार्यक्रमकाबीच जापानका लागि नेपालका राजदुत मासामिची सैंगो र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले समझदारी पत्रमा हस्ताक्षर गरे ।

समझदारी पत्रमा सो अनुदान सहायता नेपालको विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउने कार्यक्रममा खर्च गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानका राजदुत सैगोले नेपालको शैक्षिक क्षेत्रको विकास गरेर गरिवी निवारणको कार्यक्रमलाई प्रभावकारी बनाउन जापानले आर्थिक सहायता उपलब्ध गराएको बताए । उनले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि जापान सरकार थप सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताउनु भयो ।

जापानले नेपालको दिगो आर्थिक–सामाजिक विकासका लागि ‘जाईका’ मार्फत् विभिन्न आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री