शुक्रबार, १४ वैशाख २०८१

सिद्धार्थ इन्स्योरेन्सको ३७ हजार कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७५ असोज १९ गते ८:०२

सिद्धार्थ इन्स्योरेन्सले ३७ हजार २१६ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको हो । कम्पनीले संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फको ३६ हजार ४१६ कित्ता शेयर लिलामीमा राखेको छ ।

Advertisement

सिद्धार्थ इन्स्योरेन्सले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउन २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३७ हजार २१६ कित्ता बिक्री भएको थिएन ।

लिलामीको शेयरमा असोज १९ देखि २६ गतेसम्म पाइने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ।

लिलामीको शेयरमा न्युनतम १०० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवदेन दिन पाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री