शनिबार, १५ वैशाख २०८१

गर्भवती महिलाको कोठामा यी सामाग्री राख्नबाट बच्नुहोस्

समयपोष्ट २०७५ असोज २१ गते ११:५५

आमा बन्ने अनुभब हरेक महिलाको लागि खास हुने गर्दछ । हरेकको चाहना आफ्ना सन्तान स्वस्थ र दिर्घायु होस भन्ने पनि हुन्छ । जसको लागि केही यस्ता खास उपाय अपनाउदा लाभ मिल्ने धार्मिक मान्यता रहिआएको छ ।

Advertisement

गर्भवती महिलाको कोठामा बाल गोपाल ( कृष्ण)को तस्बिर वा मूर्ति राख्नु निकै शुभ मानिन्छ यसो गर्दा बिहान उठ्ने बित्तिकै तस्बिर देखिन्छ र भगवानको छबी बच्चामा पर्ने मान्यता रहि आएको छ । यसका साथै मयुरको प्वाख
राख्नु पनि शुभ मानिन्छ ।

गर्भवती महिलाको कोठामा रामायाण,श्रीमद्भागवत पुराण जस्ता किताबहरु राख्ने र पढ्ने गर्दा यसको सकारात्मक प्रभाव गर्भमा रहेको बच्चामा पर्ने र नियमित पुस्तक पढ्नाले बच्चा भगवानको रेख देखमा हुर्किने विश्वास गरिन्छ ।

स्वस्थ र हाँस्दै गरेको बच्चाको तस्बिर गर्भवती महिलाको कोठामा राख्दा बच्चा त्यस्तै जन्मिने मान्यता रहिआएको छ ।

वास्तुशास्त्र अनुसार गर्भवती महिलाको कोठामा पती पत्नीको मुस्कुराउदै गरेको तस्बिर राख्नुपर्दछ साथै कोठामा पहेलो चामल राख्नु पनि निकै राम्रो मानिन्छ ।

गर्भवती महिलाको कोठामा भगवान कृष्णको बासुरी र संख राख्नले पनि शुभ हुने मान्यता रहेको छ यसो गर्दा बच्चा शांत र हंसमुख हुने विश्वाश रहेको छ । यस्तै कोठामा तामाले बनेको कुनै बस्तु पनि राख्दा राम्रो हुने मान्यता रहेको छ । गर्भवती महिलाको कोठामा कहिल्यै पनि महाभारत, चक्कु छुरी ,सियो वा पिर मानेको तस्बिर राख्नु हुँदैन र यस्तो मान्यता पनि छ की गर्भवती महिलाले सियोको काम वा सिउने काम पनि गर्नुहुदैन ।

गर्भवती महिलाले गाढा रङका कपडा लगाउनु हुँदैन साथै कोठामा पनि गाढा रातो , गाढा कालो जस्ता रङ लगाउनु हुँदैन बरु हल्का निलो ,हल्का पहेलो ,हल्का गुलाबी रङका कपडा लगाउनु पर्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री