बिहीबार, १३ वैशाख २०८१

११ जिल्लामा ५ हजार मेट्रिक टन क्षमताका शित भण्डारण केन्द्र स्थापना गरिने

समयपोष्ट २०७५ असोज २३ गते ५:१९

सरकारले देशका ११ जिल्लामा शित भण्डारण केन्द्र स्थापना गर्ने भएको छ । सरकारले झापा, सुनसरी, मोरङ, सर्लाही, धनुषा, काभ्रे, कपिलबस्तु, धादिङ, कैलाली, कास्की र मनाङमा शित भण्डारण केन्द्र स्थापना गर्न लागेको हो।

Advertisement

कृषि तथा पशुपछीं विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत शित भण्डारण केन्द्र स्थापना गर्न प्रकृया अगाडि बढाएको छ।

भण्डारण गृह चलाउनका लागि सरकारले ७० प्रतिशत पूँजीगत अनुदान उपलब्ध गराउने छ । बाँकी ३० प्रतिशत निजी क्षेत्रले लगानी गर्नुपर्ने मन्त्रालयले जनाएको छ । त्यसको लागि प्रतिष्पर्धाका आधारमा निजी क्षेत्रको छनौट गरिने छ ।

एउटा कम्पनीले एकभन्दा बढि जिल्लाका लागि प्रस्ताव गर्न नपाउँने साथै ५ हजार मेट्रिक टन क्षमताका मल्टी च्याम्बर शित भण्डार गृह बनाउनु पर्ने छ।
शित भण्डार निर्माण दुई बर्षभित्र गरिसक्नु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री