बिहीबार, १३ वैशाख २०८१

पुनर्निर्माणलाई तीव्रता दिन स्थानीय तहमा बरिष्ठ इन्जिनियरको व्यवस्था, सेवा सुविधा विश्व बैंकबाट

समयपोष्ट २०७५ असोज २३ गते ९:३५

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणको कामलाई तीव्रता दिने प्रतिबद्धता जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

Advertisement

त्यसका लागि प्राधिकरणले सबै स्थानीय तहमा रहने गरी बरिष्ठ इन्जिनियरहरुको व्यवस्था गरेको समेत अन्र्तक्रियामा जानकारी दिइयो । ज्ञवालीले बरिष्ठ इन्जिनियरहरुको सेवा र सुविधा दिने व्यवस्था विश्व बैंकबाट मिलाउन लागिएको पनि प्रष्ट पारे ।

प्राधिकरणले सेवाग्राहीले अनुदान सहज ढंगले पाउन राष्ट्र बैंकलाई पत्राचार गरेको पनि उनले बताए । ज्ञवालीले पुरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको कामलाई गति दिन पुरातत्व विभागसँग आवश्यक छलफल भइरहेको समेत बताए । उनले काष्ठमण्डपको कामलाई तीव्रता दिन आवश्यक काठ र कालीगढको व्यवस्था समेत भइसकेको पनि जानकारी दिए । प्राधिकरणले शिक्षण संस्था,स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा पनि ढिलाई नहुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री