बिहीबार, १३ वैशाख २०८१

ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला सुरु, नि:शुल्क सिम सहित ६० प्रतिशतसम्म छुट

समयपोष्ट २०७५ असोज २३ गते ९:५६

दशैंको अवसर पारेर आजबाट ताम्राकार कम्प्लेक्समा दशैं मोबाइल मेला सुरु भएको छ । मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघ, ताम्राकार कम्प्लेक्सको आयोजनामा सुरु भएको मेला असोज ३१ गतेसम्म चल्ने छ ।

Advertisement

मेलामा ताम्राकार कम्प्लेक्सभित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । साथै एउटा फ्रि इनर्जी ड्रिंक समेत ग्राहकलाई दिइनेछ । मेलामा मोवाइल खरीदकर्ताले टेलिकमको सिम कार्ड समेत निशुल्क पाउँनेछन् ।

निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृया ग्राहकले पुरा गर्नुपर्नेछ । यसका साथै हरेक कम्पनीहरुले आफ्नो प्रबद्र्धनमा राखेको स्कीमहरु पनि ग्राहकहरुले साथमा नै प्राप्त गर्न सक्नेछन् ।

मेलाको अवसर पारेर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ ।

दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट २० रुपैयाँ संकलन गरेर मिडियाकर्मी रवि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ । सो रकम रवि लामिछानेलाई मेला सकिएपछि सार्वजनिकरुपमा हस्तान्तरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री