बिहीबार, १३ वैशाख २०८१

यौनदुर्व्यवहारको केशमा कैलाश खेर पनि मुछिए,के गरेका थिए उनले ?

समयपोष्ट २०७५ असोज २४ गते १२:४९

यौनदुर्व्यवहारको केशमा बलिउड गायक कैलाश खेर पनि मुछिएका छन् । गायिका सोना महापात्राले कैलाशको हरकतको खुलासा आफ्नो ट्वीटर ह्याण्डलको एक शृङ्खलाबाट गरेका छन् ।

Advertisement

यसमा सोनाले कैलाश खेरले माफी मागेको विषयलाई पनि निशाना बनाएकी छिन् । उनले लेखेकी छिन्, ‘अझै कति महिलासँग माफी माग्छौ ?’

ट्वीटको शृङ्खला

सोनाले कैलाशलाई निशाना बनाउँदै ट्वीटको शृङ्खलानै लेखेकी छिन् ।

पहिलो ट्वीटमा उनले लेखेकी छिन्, ‘एक कन्सर्ट जसमा कैलाश र मेरो ब्याण्डले प्रस्तुति दिन लागेको थियो । त्यसको लागि मैले कैलाशलाई पृथ्वी क्याफेमा भेटेको थिएँ । कैलाशले त्यतिबेला मलाई ‘तिमी निकै सुन्दर छौ । मलाई यो थाहा पाएर निकै खुसी लागेको छ कि तिमीले एक संगीतकारलाई भेट्यौ, कलाकार होइन’ भन्दै उनले मेरो जाँघमा हात लगाए । त्यसपछि म त्यहाँबाट निक्लिएँ ।’

कोठामा भेट्न बोलाए

सोनाले आफ्नो दोस्रो ट्वीटमा कैलाशको मनमानीको कुरा उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यसपछि पनि कैलाशको मनमानी जारी रह्यो । जब हामी ढाका पुग्यौँ, हामी आयोजक सँगै कार्यक्रम स्थलमा जाँदै थियौँ । कैलाशले मलाई लगातार कल गरिरहेका थिए । मैले फोन नउठाएपछि उनले आयोजकलाई मलाई साउन्ड चेकको लागि नलगेर उनलाई होटलको कोठामा भेट्नका लागि ल्याउन भने ।’

कैलाशले माफी मागे

महिला पत्रकारहरुले आरोपपछि कैलाश खेरले आफ्नो व्यवहारको लागि माफी मागेका छन् ।

जसबारे टिप्पणी गर्दै सोनाले लेखेकी छिन्, ‘अझै कति महिलासँग माफी माग्छौँ ? अहिले शुरु गरे, पूरै जीवन बित्नेछ ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री