शुक्रबार, १४ वैशाख २०८१

सिप्रदीले सुरु गर्यो उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष

समयपोष्ट २०७५ असोज २५ गते ७:२२

यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, नाडा र सिप्रदी ट्रेडिङ मिलेर यात्रु सहायता कक्ष सुरु गरेका छन् ।

Advertisement

सिप्रदीद्वारा काठमाडौं महानगरीय ट्राफिक प्रहरी प्रभाग र नाडासँगको सहकार्यमा काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

चाडपर्वका लागि टिकट बुकिङसँगै, नागढुंगा, कलंकी, हलचोक, नयाँबसपार्क, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली र बानेश्वरमा यात्रु सहायता कक्ष सुरु भएको कम्पनीले जनाएको छ।

हरेक यात्रु सहायता कक्षमा महानगरीय ट्राफिक प्रहरी प्रभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, वाणिज्य विभाग, उपभोक्ता समूहका प्रतिनिधीहरु रहन्छन् । सहायता कक्षहरुमा दूरीसहित टिकटको मूल्य पनि राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री