शुक्रबार, ७ वैशाख २०८१

मि टू अभियान: अनु मलिकले सोना महापात्रामाथि यस्तोसम्म गर्न भ्याए

समयपोष्ट २०७५ असोज २६ गते ७:२१

भारतमा यौन हिंसा वा दुर्व्यहार बारे महिलाहरु मि टू अभियान अन्तर्गत बोल्न थालेका छन् । सामाजिक सञ्जालमा ह्यासट्याग मि टू सहित महिलाहरुले यौन हिंसाका घटनाबारे उल्लेख गरिरहेका छन् । यसैबीच चर्चित संगीतकार अनु मलिकमाथि गायिका सोना महापात्राले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

Advertisement

सोनाले अनु मलिकसँग २००६ मा एउटा कार्यक्रममा पहिलो पटक भेट भएको हिन्दुस्तान टाइम्ससँगको एउटा साक्षात्कारमा बताइन् ।

उनले भनिन्, ‘उनले मलाई र मेरो श्रीमान राम सम्पतलाई लन्चका लागि आईटीसी ग्र्याण्ड मराठामा बोलाएका थिए । मेरो श्रीमानसँग उनी पहिले नै काम गरिसकेका थिए । उनलाई हाम्रो विवाह भएको थाहा थिएन । भेटघाटकै क्रममा म रेस्ट रुममा गएँ । त्यतिबेला अनु मलिकले एउटा भद्धा टिप्पणी गरे – क्या माल छ सम्पत ।’

सोनाका अनुसार त्यसपछि पनि अनु मलिकले रातिराति फोन गरेर अचम्मका कुरा गर्थे । पछि सोनाले मलिकको फोन उठाउनै छाडिदिइन् ।
हिन्दुस्तान टाइम्सका अनुसार राम सम्पतले पनि यो आरोपको पुष्टि गरेका छन् । अनु मलिकले भने यो आरोपमा बोल्न अस्वीकार गरेका छन् । यसभन्दा पहिले पनि सोनाले कैलाश खेरमाथि यस्तै आरोप लगाएकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री