शनिबार, १५ वैशाख २०८१

ऐश्वर्याको अभिषेककी दिदीसँग बोलचाल बन्द, बुक लञ्चमा जान अभिषेकलाई पनि रोकिन्

समयपोष्ट २०७५ असोज २६ गते ८:०६

बलिउड अभिनेत्री ऐश्वर्या रायको बच्चन परिवारभित्र खासै राम्रो छैन । सासु जया बच्चनसँग उनको खराब सम्वन्ध त नयाँ कुरा भएन, अब आमाजुसँग पनि उनको तिक्तता बढिरहेको खुलासा भएको छ ।

Advertisement

अमिताभ बच्चनकी छोरी श्वेतासँग केही समयदेखि ऐश्वर्याको बोलचलै बन्द भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार श्वेताद्वारा लिखित पहिलो उपन्यासको विमोचन कार्यक्रम थियो । बच्चन परिवारका लागि निकै महत्व राख्ने उक्त कार्यक्रममा ऐश्वर्या र अभिषेक उपस्थित भएनन् । उनीहरु छोरी आराध्यालाई लिएर कबड्डी म्याच हेर्न पुगेका थिए ।

ऐश्वर्याकै दवावले अभिषेकले पनि श्वेताको कार्यक्रम ‘बहिष्कार’ गरेको बुझ्न सकिन्छ । त्यसो त पछि अभिषेकले सामाजिक सञ्जालमा पुस्तक विमोचनको फोटो राखेर श्वेतालाई बधाई दिए । तर, ऐश्वर्याले यति पनि गरिनन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री