शुक्रबार, १४ वैशाख २०८१

‘मि टु’ अभियानमा ऋतिकलाई मुछ्दै कंगनाले गरिन् यस्तो खुलासा,सम्बन्धमा हुँदा ऋतिकले के-के गरे ?

समयपोष्ट २०७५ असोज २६ गते ८:१६

‘मि टु’ अभियानमा बलिउडका चर्चित नायक ऋतिक रोशन पनि मुछिएका छन् । नायिका कंगना रणावतले ‘मि टु’ आतंकले सिंगै बलिउड तातेको बेला ऋतिकको नाम लिएकी हुन् । उनले एक अन्तरवार्तामा ऋतिकलाई बलिउडबाटै बहिष्कार गर्नसमेत आग्रह गरिन् ।

Advertisement

कुनै बेला उनीहरु प्रेमी-प्रेमिका थिए । कंगना भन्छिन्, ‘ह्यारेसमेन्ट भनेको शारीरिक मात्रै हुँदैन मानसिक पनि हुन्छ । घरमा श्रीमती हुँदाहुँदै कुनै तरुनी केटीलाई विभिन्न प्रलोभन देखाएर शारीरिक सम्वन्ध राख्नु र पछि पागलको संज्ञा दिनु पनि एक किसिमको ह्यारेसमेन्ट हो । यस्ता व्यक्तिहरुलाई पनि इन्डष्ट्रीबाट सफाइ गर्नुपर्छ ।’ त्यसपछि उनले ऋतिकको नामै उच्चारण गरिन् । कंगनाले भनिन्, ‘हो म ऋतिक रोशनकै कुरा गर्दैछु । उनीसँग कसैले पनि काम गर्नु हुँदैन ।’ विवाहित ऋतिकसँग कंगनाको लामो समय प्रेम थियो । तर, उनीहरु पछि छुट्टएि ।

कंगनाले निर्देशक बिकास बहलमाथि पनि यौनशोषणको आरोप लगाएकी छन् । उनले फिल्म ‘क्वीन’ मा काम गर्दा उनी आफूसित अनावश्यकरुपमा नजिकिन खोजेको र मलाई यो वासनासंग निकै प्रेम छ भन्दै अंगालो मार्ने गरेको बताईन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री