शुक्रबार, ७ वैशाख २०८१

हिमालय बैंकले सामुदायिक विद्यालयलाई गर्यो कम्प्युटर सहयोग

समयपोष्ट २०७५ असोज २६ गते १२:५३

हिमालय बैंकले विभिन्न सामुदायिक विदालयहरुलाई कम्प्युटर प्रदान गरेको छ । बैंकले आफ्नो २५ औँ बार्षिक उत्सवको अवसर पारेर देशका सामुदायिक विदालयहरुलाई कम्प्युटर प्रदान गरेको हो ।

Advertisement

बैंकले श्री कुलेश्वर माध्यमिक विद्यालय कुलेश्वरलाई ६ थान,श्री तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौँलाई १२ थान,श्री सरस्वती उच्च माध्यमिक विद्यालय ठेचो ललितपुरलाई १२ थान,श्री जनजागृत आधारभुत विद्यालय खोल्माटोल निजगढलाई ५ थान र श्री महेन्द्रोदय माध्यमिक विद्यालय भिमेश्वर दोलखालाई १० थान कम्प्युटर प्रदान गरेको छ ।

उक्त कम्प्युटरहरु एक समारोहकाबीच बैंकका बरिष्ठ महाप्रबन्धक,महाप्रबन्धक तथा बैंकका कर्मचारीहरुले हस्तान्तरण गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री