शुक्रबार, ७ वैशाख २०८१

‘मि टु’ अभियान: साजिदले अडिसनको बहानामा बेड रुममा पुर्‍याए र कपडा खोल्न भने

समयपोष्ट २०७५ असोज २८ गते ७:२२

‘मि टु’ अभियानमा निर्देशक साजिद खान पनि मुछिएका छन् । निर्देशक खानमाथि तीन महिलाहरुले यौन शोषणको आरोप लगाएका छन् । यससँगै उनले फिल्म ‘हाउसफुल–४’ बाट हात झिक्न वाध्य भएका छन् ।

Advertisement

उनले ट्विटरमा आफूमाथि लागेको आक्षेपका कारण फिल्म छोडेको बताएका छन् । साजिदले लेखेका छन्, ‘ममाथि यौन शोषणको आरोप लागेपछि मेरो परिवार, मेरा प्रोड्यूसर र हाउसफुल– ४ का स्टारकास्टमाथि दवाव परेको छ । म यो सबैको जिम्मेवारी लिँदै फिल्म छोडेको घोषणा गर्छु । साँचो कुरा बाहिर आउने नै छ । म मिडियासँग अनुरोध गर्छु कि साँचो कुरा आउनु अगावै दोषि करार नगर्नु होला ।’

यता, साजिदकी आफ्नी दिदी कोरियोग्राफर फराह खान पनि उनको समर्थनमा छैनन् । उनले भाईले गल्ति गरेको भए सजाय पाउनुपर्ने उल्लेख गर्दै स्टाटस लेखेकी छन् ।

‘हामी परिवारले असामान्य परिस्थितिको सामना गर्नुपरेको छ । यदि मेरो भाईमाथि लागेको आरोप सत्य हो भने उसले सजाय पाउनुपर्छ । म पीडित महिलाहरुको साथमा छु,’ फराहले लेखेकी छन् ।

यता हाउसफुल ४ का नायक अक्षयकुमारले पनि यो प्रकरणमा अनुसन्धान पूरा नहुञ्जेलसम्म आफू फिल्मको छायांकनमा सहभागी नहुने घोषणा गरेका छन् ।

यस्तो थियो आरोप

सहायक निर्देशक सलोनी चोपडा र पत्रकार करिश्मा उपाध्यायले आफूहरुमाथि साजिदले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

उनीहरुलाई समर्थन गर्दै नायिका रचेल ह्वाइटले एउटा फिल्मको अडिसनका क्रममा सजिदले आफ्नो कपडा खोल्न लगाएको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘अडिसनको बहानामा उनले मलाई आफ्नो बेड रुममा पुर्‍याए र मेरो कपडा खोल्न आग्रह गरे । फिल्ममा विकिनी सिन भएकाले मेरो वक्षस्थल हेर्नुपर्ने उनको भनाई थियो । तर, मैले मानिनँ ।’

कामको सिलसिलामा पहिलो अन्तरवार्तामा नै उनले मलाई सेक्ससँग सम्वन्धित प्रश्नहरु सोधे । काम दिएपछि मलाई राति २ बजे फोन गर्थे । कामको कुनै कुरा हुँदैनथ्यो । उनी मलाई के लगाएर सुतिरहेकी छौ भनेर सोध्थे । आफ्नो प्रेमिकाको विषयमा फोहोरी कुरा सुनाउँथे ।

एक पटक कस्ट्यूम ट्रायलका दौरानले उनले मेरै अगाडि एउटी केटीलाई आफ्नो फ्रक उचाल्न लगाए ।

एक रात त उनले हदै गरे । उनले फोन गरेर मलाई उनको घरमा बोलाए । मैले सोधेँ, के तिमी मसँग सुत्न चाहन्छौ ? उनले भनिन्, ‘तिमी मुर्ख हौ । कास्टिङ काउचको अर्थ एकपटक सुत्नु होइन ।’ उनले केही निर्देशकको नाम लिँदै भने कि उनी आफ्नी फिल्मकी हिरोइनलाई महिनौंसम्म आफ्नै घरमा राख्छन् । त्यसपछि मैले सोधेँ, ‘तिमी आखिर के गर्न चाहन्छौ ?’ उनले आफ्नो गोप्य अंगमा मलाई समात्न लगाउने र त्यसको भिडियो रेकर्ड गर्ने योजना सुनाए । यति गर्न तयार नभए मलाई कामबाट हटाउने चेतावनी दिए । अन्ततः मैले काम छोड्न वाध्य हुनुपर्‍यो ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री