बिहीबार, १३ वैशाख २०८१

सेयर बजार दोहोरो अंकले बढ्यो

समयपोष्ट २०७५ असोज २८ गते ९:२२

आइतबार सेयर बजारमा दोहोरो अंकको बृद्धि देखिएको छ । आज नेप्से परिसुचक १३.३ अंकले बढेर १२४१.५८ विन्दुमा पुगेको छ । आज १ सय ५८ कम्पनीका १० लाख कित्ता सेयर २६ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी सेयर एन एम बि बैंकको किनबेच भएको छ ।

Advertisement

आज दुई समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् । आज जलविद्युत समुह ४.९ र उत्पादनमुलक समुह ९५.७३ अंकले घटेका छन् । आज बाणिज्य बैंक समुह १६.७९,होटल ५५.३४,विकास बैंक १६.१५,फाइनान्स ३.२४,निर्जिवन बिमा ८५.९,अन्य २.०९,लघुवित्त १२.८४ र जीवन बिमा समुह ५९.७८ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री