शुक्रबार, १४ वैशाख २०८१

नेपाल इन्भेष्टमेण्टले सञ्चालन गर्‍यो एकैसाथ ६ एटीएम काउण्टर

समयपोष्ट २०७५ असोज २९ गते ४:०९

नेपाल इन्भेष्टमेण्ट बैङ्कले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटीएम सेवा सञ्चालन गरेको छ ।

Advertisement

बैङ्कले काठमाडौंको सीतापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैङ्क गेटअगाडि, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुञ्चे एक्सटेन्शन काउण्टर तथा सर्लाहीको बरहथवा शाखामा सेवा थप गरिएको हो ।

स्थानीय जनतालाई छिटो छरितो तरीकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उदेश्यले एटीएम सेवा विस्तार गरिएको हो । यीसँगै नेपाल इन्भेष्टमेण्ट बैङ्कका एटीएम सङ्ख्या १ सय ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री