बिहीबार, १५ चैत २०८०

शाखा विस्तारलाई तीब्रता दिएको जनता बैङ्कले सञ्चालनमा ल्यायो थप तीन शाखा

समयपोष्ट २०७५ असोज २९ गते ४:१०

शाखा विस्तारलाई तीब्रता दिएको जनता बैङ्कले थप तीन शाखा सञ्चालन गरेको छ । शाखा विस्तारका क्रममा बैङ्कले कर्णाली प्रदेशको अति विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकैसाथ कारोबार सञ्चालन गरेको जानकारी दिएको छ । बैङ्कले हुम्लाको अदानचुली गाउँपालिका, चङ्खेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोवार शुरू गरेको हो । यी थप शाखासहित बैङ्कको शाखा १ सय २६ पुगेको छ ।

Advertisement

थप शाखा सञ्चालनले यहाँका व्यवसायी तथा सर्वसाधारणलाई वित्तीय कारोबार गर्न सहज हुने बैङ्कको भनाइ छ । स्थानीय तहमा छरिएर रहेको बचत परिचालन गरी सोही क्षेत्रका उद्योग व्यवसायमा टेवा पुर्‍याउने उद्देश्यले शाखा सञ्चालन गरिएको बैङ्कले जानकारी दिएको छ । थप शाखाबाट आधुनिक बैङ्किङ सेवाका साथै रेमिट्यान्स, बैङ्कासुरेन्स सेवाका साथै स्थानीय तहका सबै कारोबार गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री