शुक्रबार, ७ वैशाख २०८१

अग्नि मोटो इन्कको शोरुम नेपालगञ्जमा

समयपोष्ट २०७५ असोज २९ गते ४:१८

अग्नि मोटो इन्कले महिन्द्रा टु ह्वीलरको लागि हालै नेपालगञ्जको कारकादोमा आधिकारिक शोरुमको स्थापना गरेको छ ।

Advertisement

यो शोरुम आश्विन २४ गतेबाट शुभारम्भ गरिएको छ । हालै प्रस्तुत गरिएको नेपालगञ्जको कारकादोमा रहेको ग्रेस एण्ड ग्लोबल ट्रेडिङ्गको उुद्घाटनमा अग्नि ग्रुपका आधिकारी एवं स्थानीयवासीहरुको सहभागीता रहेको थियो ।

शोरुमको शुभारम्भ पछि यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवं सहज तरिकाबाट कम्पनीका थ्री एस अर्थात् सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेछन् ।

कम्पनी केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्र्रित गरेको कम्पनीले जनाएको छ ।

हालै शुभारम्भ गरिएको नयाँ शोरुमबाट अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ जस्ता चाडपर्वको अवसरमा “मूल्य कति स्क्र्याच गरी आउँछ जति” भन्ने योजना लागू गरेको छ ।

यस योजना अन्तर्गत हरेक महिन्द्रा टु ह्वीलरको खरिद कर्ताहरुले स्क्र्याच कुपन प्राप्त गर्नेछन् र उक्त स्क्र्याच कुपनमा भएका रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री