शनिबार, १५ वैशाख २०८१

मि टू अभियानमा जोडिए सेफ,भन्छन्: २५ वर्ष अघि म पनि उत्पीडनमा परेको थिएँ,सम्झिँदा रिस उठ्छ

समयपोष्ट २०७५ असोज २९ गते ८:३३

बलिउडको मि टू अभियानमा नायक सेफ अली खानपनि जोडिएका छन् । उनले पनि मि टू अभियान मार्फत आफूमाथि भएको २५ वर्ष पुरानो उत्पीडनको खुलासा गरेका छन् । यद्यपी, उनको यो उत्पीडन यौनजन्य भने थिएन ।

Advertisement

उनले भने, ‘आफ्नो करियरमा मैले पनि उत्पीडनको सामना गरेको छु तर त्यो सेक्सुअल भने थिएन । म २५ वर्ष अघि उत्पीडनमा परेको थिएँ । यसबारे सोच्दा मलाई अहिले पनि रिस उठ्छ । धेरै मानिसले दोस्रो व्यक्तिलाई बुझ्दै बुझ्दैनन् । अरुको दुःख बुझ्न निकै गाह्रो छ । म यसबारे कुरा गर्न चाहन्नँ किनभने आज यसको केही आवश्यकता छैन । आज हामीले महिलालाई ध्यानमा राख्न आवश्यक छ ।’

कुनै जति पुरानो मामला किन नहोस् दोषीले सजायँ पाउनैपर्ने उनको भनाई छ । उनी भन्छन्, ‘मानिसहरु अपमानित छन् र उनीहरु न्यायको प्रतिक्षामा छन् । जे भइरहेको छ, त्यो सही होइन । जसले महिलाको यौन उत्पीडन गरेका छन् उनीहरुले यसको सजायँ पाउनैपर्छ ।’

साजिदमा लागेको आरोपमा सैफले के भने ?

सैफले साजिद खानमाथि लागेको गम्भीर आरोपमाथि पनि प्रतिक्रिया दिएका छन् । सेफले साजिदको फिल्म हमशकल्समा काम गरेका थिए । फिल्मका मुख्य नायिका बिपाशा बसु र ईशा गुप्ताले साजिद खानको गलत व्यवहारमाथि बयान दिएका छन् । यसमा सैफले भने, ‘मलाई साँच्चै नै थाहा थिएन कि यस्तो केही भएको थियो । यदि मेरो अगाडि यस्तो भएको भए म त्यो वातावरणमा काम गर्न सक्दैनथें । म आफ्नो अगाडि यस्तो भएको हेर्न सक्दिनँ । जहाँ महिलाको अपमान हुन्छ, त्यस्तो माहौल मलाई कुनै पनि हालतमा स्विकार्य छैन ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री