शुक्रबार, १६ चैत २०८०

एनआईसी एशिया बैंकमा अनलाईनबाट खाता खोल्नुहोस् , २० प्रतिशत छुट पाउनुहोस्

समयपोष्ट २०७५ असोज २९ गते ११:१५

एन आई सी एशिया बैंकले अनलाइनबाट खाता खोल्दा २०% को विशेष छुट दिने भएको छ ।

Advertisement

“सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथ एन आई सी एशिया बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै अनलाइन बाट “न्यू प्रिमियम समुन्नति बचत खाता” खोलेमा भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधामा २०% को विशेष छुट दिने व्वस्था गरेको हो ।

‘अब ग्राहक महानुभावहरुले यस सुविधाबाट देश तथा विदेशमा रहेका ग्राहक महानुभावहरुलाई बैंकको “न्यू प्रिमियम समुन्नति बचत खाता” खोल्न सहजता होस् भन्ने उद्देश्यले संचालनमा ल्याइएको छ, बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

एनआईसी एशिया मुलुकभर २६१ शाखा कार्यालयहरु, २५६ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६४ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री