शनिबार, ८ वैशाख २०८१

खुम्बु क्षेत्रमा अतिरिक्त शुल्क नलिन आग्रह

समयपोष्ट २०७५ असोज ३० गते २२:५८

खुम्बु क्षेत्रमा पदयात्राका लागि प्रतिपदयात्रीबाट रु ५०० आवास शुल्क लिने निर्णय भएकामा टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपालले असहमति जनाएको छ ।

Advertisement

खुम्बु पासाङल्हामु गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय होटल एशोसिएशनको सहमतिमा लागू गरिएको उक्त शुल्कको व्यवस्थाप्रति असहमति जनाउँदै एशोसिएसनले सो क्षेत्रमा धेरै पर्यटक पदयात्रामा जाने हुँदा पूर्व जानकारीविना लगाइएको अतिरिक्त शुल्कले गर्दा पर्यटन क्षेत्रमा नकारात्मक असर जिकिर गरेको छ ।

एशोसिएसनका अध्यक्ष नवराज दाहालले जारी गरेको विज्ञप्तिमा त्यस्तो शुल्कको व्यवस्था अन्त्य गर्न सम्बन्धित सरकारसँग माग गरिएको छ । एकातिर गाउँपालिकाले लागू गरेको टिम्स कार्यान्वयनमा अवरोध सिर्जना गर्ने र अर्कातर्फ आफूखुशी प्रतिपदयात्रीबाट रु दुई हजार उठाउँदै आएको हुनाले पदयात्री व्यवसायी चिन्तित रहेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री