शनिबार, १५ वैशाख २०८१

माध्यमिक तहमा प्राविधिक विषय समावेश गरिने

समयपोष्ट २०७५ असोज ३० गते २२:५९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिकसत्रदेखि माध्यमिक तहबाट प्राविधिक विषयलाई अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरिने बताउनुभएको छ ।

Advertisement

महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला परिवार (कम्युन)ले आयोजना गरेको दशैँतिहार, नेपाल संवत्, छठ र इद पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब यो लक्ष्य प्राप्त गर्न माध्यमिक तहदेखि नै आयुर्वेद, योग, कृषि, पशुविज्ञान र वनसम्बन्धी पाठ्यक्रम बन्ने जानकारी दिनुभयो ।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश नं २ का इञ्चार्ज सत्यनारायण मण्डल र सहइञ्चार्ज विश्वनाथ साह, प्रदेशसभा सदस्य शारदा थापा, भरतप्रसाद साहलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री