बिहीबार, ६ वैशाख २०८१

फोटोग्राफीमा बढी रुची छ : हिमालयन बैङ्कका सीईओ अशोकसमशेर राणाको दैनिकी

समयपोष्ट २०७४ कार्तिक १७ गते ५:३४

खाना

Advertisement

मलाई नेपाली खाना मन पर्छ । तर अहिले स्वास्थ्यको लागि चिल्लो, रेड मिट खाँदिन । जे खाए पनि थोरै–थोरै खाए राम्रो ।

ड्रेस 

अफिस आउँदा सुट लगाउनै पर्यो । अहिले अलि इनफर्मल भइएको छ । अपोइनमेन्ट हुँदा मात्र टाई लगाउन थालिएको छ । नभए फर्मलमा सुट, ब्लेजर नै भयो, म धेरेजसो गल्फ खेल्छु । त्यसैले कपडा स्पोर्टी नै किनेको छु ।

फुर्सद 

फुर्सद साताको एक दिन मात्र हुने गर्छ । त्यस दिन बुबा–आमा र आफन्तहरूलाई भेट्ने गर्छु । साथै, गल्फ खेलेर प्रायः समय बित्छ । पहिले–पहिले दुई दिन बिदा भएको बेला नेपालभित्रै ट्राभल गर्ने गरिन्थ्यो । मेरो नवलपरासीमा एउटा घर पनि छ । जाडो महिनामा हामी धेरैजसो त्यहाँ जाने गर्छौं । त्यहाँ चौधरीको गल्फ कोर्स पनि छ । त्यहाँ गएर गल्फ खेल्छु । नेपालको अन्य ठाउँमा पनि बेला–बेला घुम्न गई नै रहन्छु ।

टीभी

टीभीमा फिल्म हेर्दिनँ । मुख्य हेर्ने भनेको समाचार र स्पोर्टस् नै हो । अब फुटबलको सिजन आउन लाग्यो, त्यो हेरिन्छ ।

मोबाइल

मोबाइल एप्पलको प्रयोग गर्छु । मेरा सबै ग्याजेटहरू एप्पलकै छन् । ल्यापटप, डेक्सटपदेखि घरमा टीभी पनि एप्पलकै छ । प्रायःजसो सबै एप्पलकै प्रयोग गर्छु ।

फिटनेस

मेरो ट्रेड मिल छ एउटा, बिहानमा म एक्सरसाइज गर्छु । योगा गर्ने समय मिलेको छैन । मैले पहिला आर्ट अफ लिभिङ लिएको थिएँ । त्यसको मेडिटेसन र ब्रिदिङको गर्छु म ।

फिल्म 

फिल्म त्यस्तो हेर्दिनँ म ।

गीत सङ्गीत 

गीत एप्पल म्युजिकमा जहिले पनि सुनिरहेकै हुन्छु ।

 

ashok rana

प्रेम 

म अमेरिकाबाट पढाइ सकेर फर्किएपछि मेरो विवाह गर्ने कुरा भयो । त्यसपछि उनीसँग मेरो परिचय भयो । एक–साढे एक वर्ष एक–अर्कालाई बुझेपछि हाम्रो विवाह भएको हो ।

रुचि

पहिले फोटोग्राफी गर्दथेँ । त्यसमा अहिले पनि रुचि छ । अलि बढी किताब पढ्छु । थुप्रै बुक्सहरू डाउनलोड गरेर पढने गर्दछु । किताबहरू पनि सङ्कलन गर्न सुरु गरेको छु । अलि–अलि आर्ट पनि सङ्कलन गर्ने गरेको छु ।

अटोमोबाइल 

मलाई बैङ्कले दिएको डिफेण्डर छ एउटा । अनि मेरो एउटा रेण्डरोभर र ट्रक छ ।

घडी 

प्रायःजसो मैले अटोमेटिक घडी लगाउँछु । हामी सबैले हेल्थको लागि फिटबिट लगाउँछौँ । यसले हार्टरेटको बारेमा जानकारी गराउँछ । त्यही भएर एक्सरसाइज र डाइटमा फिटबिटले धेरै कन्ट्रोल गरेको छ ।

ठाउँ

मलाई तराई मन पर्छ । पहाड पनि राम्रो हो तर मलाई पहिलेदेखि नै तराई मन पर्छ ।

राशी

म राशीमा विश्वास गर्दिनँ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री