शुक्रबार, ७ वैशाख २०८१

प्रियंकाले दीपकराज र नीताले श्याम भट्टराईलाई काँधमा बोके जुरुक्कै

समयपोष्ट २०७४ कार्तिक २३ गते १०:३५

नायिका प्रियंका कार्की र कलाकार तथा निर्माता दीपकराज गिरीले मंसिर १ गतेबाट प्रदर्शनमा आउन लागेको  ‘झ्यानाकुटी फिल्मलाई समर्थन गर्दै एक तश्वीर आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका छन्, जसमा प्रियंकाले दीपकराजलाई जुरुक्कै बोकेकी छिन् ।

Advertisement

नायिका नीता ढुंगानाले पनि फिल्मलाई समर्थन गर्दै अमेरिकामा निर्देशक श्याम भट्टराईलाई काँधमा बोकेकी छिन् । 

फिल्मको फस्ट लुक पोष्टरमा नायिका बेनिशा हमालले नायक सौगात मल्ललाई काँधमा बोकेकी छिन् । यो पोष्टर यतिबेला सामाजिक सञ्जालमा खुब भाइरल भैरहेको छ । पोष्टरबाट पाएको प्रतिक्रियापछि फिल्म निर्माण टीमले प्रचार-प्रसारमा फाइदा पुग्ने गरि ‘झ्यानाकुटी’ फोटो कन्टेस्टको आयोजना गरेको छ । 

आफ्नो जोडीलाई काँधमा राखेर बोकेको तश्वीर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्दै  मेन्सन गरेर ‘झ्यानाकुटी’ पेजलाई ट्याग गर्दै #Nov117 / #Jhyanakuti अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रिति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्नेछन ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री