शुक्रबार, १६ चैत २०८०

‘म पुरुष विरोधी होइन’

समयपोष्ट २०७४ कार्तिक २७ गते ९:१०

‘आउटलुक बिजनेस वीमेन अफ वर्थ अफ द ईयर’ पुरस्कारबाट सम्मानित बलिउड अभिनेता विद्या बालनले आफू नारीवादी भएपनि पुरुष विरोधी नभएको बताएकी छिन् ।

Advertisement

विद्याले भनिन्, ‘म यस्तो व्यक्ति हुँ, जो यो मान्ने गर्छ कि एक महिलाले त्यस्तै जिन्दगी जिउनु पर्छ, जसरी पुरुष जिउने गर्छन । आफैंलाई निरन्तर महत्व दिनु चुनौती हो र तपाईले लगातार यो कुराले आफैंलाई याद दिलाउनु पर्छ, किनभने तपाईलाई यसको बानी छैन । म जतिधेरै आफूलाई स्थान दिन्छु, त्यतिधेरै खुसी प्राप्त गर्दछु । म जतिधेरै खुसी रहनेछु, त्यतिधेरै मेरो आसपासको दुनियाँ पनि खुसी रहनेछ ।’ 

विद्या चाँडै फिल्म ‘तुम्हारी सुलु’मा देखिँदैछिन् । यो फिल्म १७ नोभेम्बरबाट प्रदर्शन हुँदैछ । विद्या यो समय फिल्मको प्रमोशनमा व्यस्त छिन् । फिल्मको प्रमोशनको क्रममा विद्या गुजरातको एक उत्सवमा सहभागी भएकी थिइन्, जहाँ उनी पीएम मोदीको स्पेशल बुलेटप्रुफ टेन्टमा बसेकी थिइन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री