शनिबार, ८ वैशाख २०८१

एशियन लाइफ इन्स्योरेन्सको खुद नाफा १ करोड ५८ लाख

समयपोष्ट २०७४ कार्तिक ३० गते ८:५६

एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत बर्षको तुलनामा ९.१५ प्रतिशतले बढी हो । गत बर्षको सोही अवधिमा कम्पनीले १ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

Advertisement

कम्पनीले हालसम्म १२ अर्ब ३० करोड ९० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने ५१ करोड १० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

चालु बर्षको पहिलो त्रैमासमा मात्रै कम्पनीले कुल बिमा शुल्क आर्जन ५५ करोड ३३ लाख ८६ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको भन्दा २०.५९ प्रतिशत धेरै हो ।

कम्पनीले २ लाख ६ हजार ८ सय ४९ वटा बीमा लेख जारी गरेको छ । यही अवधिमा कुल २ हजार ७ सय ३० वटा दाबी भुक्तानी गरेको छ । कम्पनीले कुल १ करोड १५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको  चुक्ता पुँजी  ८० करोड ५५ लाख रुपैयाँ रहेको छ । गत बर्ष कम्पनीको जगेडा कोषमा २३ करोड १० लाख रुपैयाँ थियो हाल कम्पनीको जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ रहेको छ । कम्पनीले जीवन बीमा कोषमा १० अर्ब ७३ करोड रुपैयाँ राखेको छ । कम्पनीले महाविपत्ति जगेडा कोषमा ३ करोड ४६ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७.८६ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १९३.२७ गुणा, प्रतिशेयर नेटवर्थ १२५.५४ रुपैयाँ र प्रतिशेयर कुल सम्पतिको मूल्य १ हजार ४ सय ८३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री