शुक्रबार, १६ चैत २०८०

पश्चिम सेती जलविद्युत आयोजनामा प्राधिकरण र चिनियाँ थ्री गर्जेज कम्पनीले संयुक्त लगानी गर्ने सम्झौता

समयपोष्ट २०७४ कार्तिक ३० गते ९:५८

७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौता (जेभीए) भएको छ । बिहीबार रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा जेभीएमा थ्रि गर्जेजका तर्फबाट कम्पनीका लगानी निर्देशक याओ फेक्सिओङ र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरे । उक्त आयोजना नेपाल विद्दुत प्राधिकरणको २५ र थ्री गर्जेजको ७५ प्रतितशत लगानीमा अगाडी बढाउन सम्झौता भएको हो ।

Advertisement

आयोजनाको लागत करिब एक खर्ब ६० अर्ब हुने बताइएको छ । सम्झौता पछि प्राधिकरण र चिनियाँ कम्पनीबीच संयुक्त कम्पनी स्थापना गर्ने र त्यसमा सञ्चालक समिति समेत गठन हुनेछ ।

सम्झौताअनुसार उक्त कम्पनीमा चिनियाँ पक्षका तीनजना, प्राधिकरणका एकजना र दुवै पक्षले मिलेर मनोनयन गरेको एकजना गरी पाँचजनाको सञ्चालक समिति रहने व्यवस्था गरिएको छ ।

फेब्रुअरी २०१२ मा उक्त कम्पनीसँग पश्चिम सेती निर्माणसम्बन्धी सम्झौता भएको थियो । कम्पनीको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ । प्रदेश ७ का डोटी, बैतडी, बझाङ र डडेलधुरा पुगेर टोलीले अध्ययन गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री