शनिबार, ८ वैशाख २०८१

एनएलजी इन्स्योरेन्सको यस्तो आयो प्रगती विवरण

समयपोष्ट २०७४ मंसिर १ गते ५:११

निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  कम्पनीको नाफा गतबर्षको यसै अवधिको तुलनामा ९० लाख बढी हो । गतबर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ३५ लाख कमाएको थियो । 

Advertisement

कम्पनीले १८ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ  । कम्पनीले ५ करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । पुर्न:बीमा कमीशनबाट ४ करोड ७७ लाख आम्दानी गरेको छ । कम्पनीले लगानी तथा कर्जाबाट १ करोड ३९ लाख आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ५१ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १८ करोड ९० लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा ६१ करोड ४४ लाख रुपैयाँ राखेको छ । कम्पनीको महाविपत्तीकोषमा ३ करोड रुपैयाँ छ ।

कम्पनीले एक हजार ७५३ वटा वीमा दाबी बापत ७२ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ०६ पैसा रहेको रहेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ २६२.१७ रुपैयाँ, तरलता अनुपात १.७१ प्रतिशत र मुल्यआम्दानी अनुपात ३७ दशमलव ९९ प्रतिशत रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री