माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले साधारण सेयर जारी गर्दै
माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीले दुई अर्ब ६४ करोडको सेयर जारी गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले स्थानीयलाई १० तथा सर्वसाधारणलाई १५ प्रतिशत साधारण सेयर जारी गर्ने भएको हो ।
सेयर निष्कासनको प्रक्रिया थाल्न मंसिर महिनाभित्र नेपाल धितोपत्र बोर्डमा आवश्यक विवरण पेस गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ०७४ सालभित्रै सेयर निष्कासन गरेर बाँडफाँड गर्ने योजना छ ।
आयोजना प्रभावित स्थानीयले जारी पुँजीको १० प्रतिशत (१ अर्ब ५ करोड ९० लाख रुपैयाँ) १ करोड ५ लाख ९० हजार कित्ता र १५ प्रतिशत (१ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ) १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर पाउनेछन् ।
कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका लागि सेयर छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरिसकेको छ ।
प्रतिक्रिया