शुक्रबार, १४ वैशाख २०८१

टुरिजम डेभलपमेन्ट बैंकको नाफा १९.३५ प्रतिशतले घट्यो

समयपोष्ट २०७४ मंसिर ५ गते ५:२०

टुरिजम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड ४२ लाख खुद नाफा आर्जन गरेको छ । यो गतवर्षको सोही अवधिको तुलनामा १९.३५ प्रतिशत कम हो । बैंकले गत बर्ष ४ करोड २४ लाख कमाएको थियो । 

Advertisement

बैंकको खुद ब्याज आम्दानी ३९.६९ प्रतिशतले बढेको छ भने संचालन मुनाफा ११.६९ प्रतिशतले घटेको छ । बैंकको चुक्तापूँजी २ अर्ब १ करोड छ भने जगेडा कोषमा ५७ करोड ४ लाख छ । बैंकले यसअवधिमा १२ अर्ब ८४ करोड निक्षेप संकलन गरेर १० अर्ब ९७ करोड कर्जा परिचालन गरेको छ ।

बैंकको निष्क्रिय कर्जा १ दशमलव ०२ प्रतिशत र सिडि रेशियो ७३.९६ प्रतिशत रहेको छ । बैंकले प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४५ पैसा देखाएको छ । जसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री