बिहीबार, १५ चैत २०८०

एभरेष्ट बैंकको इ- बैंकिङमा नयाँ सुरुवात,नयाँ भर्सनमा युजर आईडीसँगै क्याप्चाको प्रयोग

समयपोष्ट २०७४ मंसिर ५ गते ६:५८

एभरेष्ट बैंकले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सेवालार्इ परिवर्तन गरेर नयाँ र नौलो भर्सनको बैंकिङ सेवाको सुरुवात गरेको छ । पछिल्लो समय इ -बैंकिङ सेवामा बिभिन्न किसिमका अबरोध आईरहेको बेला बैंकको नयाँ भर्सन सुरक्षित हुने दाबी गरिएको छ । पहिलेको तुलनामा नयाँ भर्सनको प्रयोगमा ग्राहकहरुले धेरै फिर्चसहरु प्राप्त गर्ने तथा थप सुरक्षाका उपकरण थपिएको बैंकले जनाएको छ ।

Advertisement

नयाँ भर्सनमा युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ  । यसमा फोटो सेन्सर देखि एक पटक मात्रै पासवार्ड प्रयोग गर्न सक्ने  बनाईएको छ भनेअब ग्राहकले आफ्नो युजर नेम र पासवर्ड लिन, मोवाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानुनपर्ने बैंकले जनाएको छ। बैंकले इमेलमार्फत यी सबै सुबिधा दिने जनाएको छ ।   

बैंकले कर्पोरेट हाउसहरुलाई मध्यनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सेवा सुरु गरेको छ।यो सेवाले व्यापार तथा कर्पोरेट हाउसको तलब भुक्तानी , एलसी, फिक्स डिपोजिट लगायतका खाताहरु व्यवस्थापनमा सहयोग पुर्याउने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री