शनिबार, ८ वैशाख २०८१

साथीभाई तथा नातागोतालाई वर्ल्डलिंककाे इन्टरनेट जोड्ने सल्लाह दिनुहोस र पाउनुहोस स्मार्टफोन

समयपोष्ट २०७४ मंसिर ६ गते ५:३५

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘एक कान दुई कान’ नामक नयाँ अफर सार्वजनीक गरेको छ । यस योजना अन्तर्गत साथीभाई तथा नातागोतालाई वर्ल्डलिंकको इन्टरनेट जोड्न सल्लाह दिएवापत तीन महिनासम्म नि:शुल्क इन्टरनेट र नेट टिभी हेर्न पाइने छ। 

Advertisement

कुनै प्रयोगकर्ताले अर्को एक जनालाई सल्लाह दिएर वल्र्डलिंकको सेवा जडान गर्न लगाएमा सल्लाहदिने र जडान गर्ने दुबैले एक–एक महिना वर्ल्डलिंकको निशु:ल्क इन्टरनेट सेवा उपलब्ध गराउँने कम्पनीले जनाएको छ।

त्यस्तै तीन जनालाई सल्लाह दिएर वर्ल्डलिंकको सेवा जडान गरेमा सल्लाहकारलाई तीन महिनासम्म निशुल्क इन्टरनेट सेवा र जडानकर्तालाई एक महिना नि:शुल्क सेवा, चारजनाले जडान गरेमा तीन महिनाको इन्टरनेट र नेटटिभी नि:शूल्क र जडानकर्ताले एक महिना नि:शुल्क सेवा चलाउन पाउनेछन्।

त्यस्तै छ जनाले सल्लाहमा सेवा जडान गरेमा सल्लाहकारलाई तीन महिनाको नि:शूल्क इन्टरनेट र नेटटीभीका साथै स्मार्ट फोन उपहार स्वरुप दिइने तथा जडानकर्ताले एक महिना नि:शुल्क सेवा चलाउन पाउने वर्ल्डलिंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री