शुक्रबार, ७ वैशाख २०८१

टाटाको ग्लोबल सर्भिस क्याम्प सुरु,सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम देखि आकर्षक उपहारसम्म

समयपोष्ट २०७४ मंसिर ६ गते ५:५४

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले ग्लोबल सर्भिस क्याम्प आयोजना गरेको छ ।  क्याम्पको टाटा मोटर्सका प्रमुख कार्यकारी अधिकृत गुन्टक बुशेकले मंगलबार उद्घाटन गरे । टाटा मोटर्सको गाडी बिक्री सुरु भएको ३५ वर्षको अवधिमा टाटाको सिइओ तहका पदाधिकारी नेपाल आएको पहिलो पटक हो । बुशेकसँगै टाटाका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप माइत्रा समेत नेपाल आएका छन् ।

Advertisement

नेपालका विभिन्न स्थानहरुमा बिहीबारसम्म चल्ने उक्त क्यम्पमा गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिईनेछ । कम्पनीका अनुसार ड्राईभरहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, पाट्र्समा १० प्रतिशत छुट,गाडीको सम्पूर्ण स्वास्थ्य जाँच, उत्कृष्ट माईलेज अवार्ड, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार दिइनेछ। यही कार्यक्रममा टाटाको म्याग्ना बसको साँचो समेत हस्तान्तरण गरिएको छ। कम्पनीले दर्शक तथा सेवाग्राहीको निःशुल्क आँखा जाँच, स्वास्थ्य जाँच, ट्राफिक सचेतना, एड्स सचेतना लगायतका कार्यक्रम समेत गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री