शनिबार, ८ वैशाख २०८१

अर्को सूचना नआएसम्म नयाँ लाइसेन्स वितरण बन्द 

समयपोष्ट २०७४ मंसिर ६ गते ८:०५

प्रतिनिधि तथा प्रदेशसभाको चुनावका कारण नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र वर्ग थपको प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ  । यातायात व्यवस्था विभागले चुनावका कारण ट्रायल लिएर वितरण गर्नुपर्ने लाइसेन्स रोकेको हो ।लाइसेन्स र वर्ग थपको काम रोकिए पनि लाइसेन्सको नवीकरण भने नरोकिएको विभागले जनाएको छ । 

Advertisement

ट्राफिक प्रहरी र कर्मचारीहरु चुनावका लागि जिल्ला-जिल्लामा खटिएपछि लाइसेन्स वितरण अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको एकान्तकुनास्थित लाइसेन्स कार्यालयका प्रमुख तेजनारायण यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री