बिहीबार, १५ चैत २०८०

बैंक अफ काठमाण्डुले सस्थांपक शेयर लिलामीमा बिक्री गर्न पायो अनुमती

समयपोष्ट २०७४ मंसिर ७ गते ५:२८

बैंक अफ काठमाण्डुले ६१ लाख ५८ हजर ६७ कित्ता सस्थांपक शेयर बोलकबोलमा सर्वसाधारणलाई बिक्री गर्ने अनुमति प्राप्त गरेको छ । 

Advertisement

नेपाल धितोपत्र बोर्डले बैंकलाई शेयर बोलकबोलमा बिक्री गर्ने अनुमति प्रदान गरेको हो । 

बैंकले संस्थापक सेयर लिलामीका लागि नबिल इन्भेष्टमेण्ट बैंकिंगलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  यस सम्बन्धी सार्वजनिक सूचना छिट्टै प्रकाशित गरिने बैंकलेजनाएको छ । 

गत आर्थिक वर्ष २०७३/७४ मा बैंकको कूल निक्षेप रु. ७२.१३ अर्ब रहेको छ भने कूलकर्जा रु.६२.५४ अर्ब रहेका छ ।  बैंकको खुदनाफा रु.१.२४ अर्ब छ । हाल बैंकले ७५ शाखा, ६६ एटीएम र ७ वटा एक्सटेन्शन काउन्टरबाट ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री